मौसका कारण एयरपोर्टमै रोकिए रवि, फ्लाइट नम्बर ६ सय ८१ मा लैजादैं
पाेखरा | कात्तिक २७, २०८१
पोखरा: विभिन्न सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज रुपन्देही लगिँदैछ ।
सुप्रिम सहकारीको बचत रकम अपचलनमा पनि संलग्न भएको आरोपमा लामिछानेलाई कास्कीबाट बुटवल लैजान लागिएको हो ।
प्रहरी स्रोतका अनुसार उनलाई बुद्ध एयरको फ्लाइट नम्बर ६ सय ८१ मार्फत भैरहवा लगिदैं छ । तर अहिले प्रतिकुल मौसमका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थलमै अड्किएका छन् ।
उनलाई कास्की प्रहरीले बिहान ५ बजेर ५५ मिनेटमा विमानस्थलमा प्रवेश गराएको थियो । उनलाई बिहान सबेरै बुटवल पुर्याउने भनिएपनि मौसमका कारण फ्लाइट डिले भएको विमानस्थलले जनाएको छ ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका उनलाई सोही रातीनै पोखरा ल्याइएको थियो ।
उललाई गत आइतबार कास्की जिल्ला अदालतले चौथों पटक १३ दिनको म्याद थप गरेको छ । बयानका लागि रुपन्देही लगेपनि बयान सकिएपछि पोखरा नै फर्काइने बताइएको छ ।
उनलाई रुपन्देही लगिने भएपछि रास्वपाका कार्यकर्ताहरुले प्रर्दशन गर्ने तयारी गरेका छन् । यद्यपी प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

